Shittalpati
राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी


पाल्पाा, बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी भएका हुन् ।

मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन् ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update