Shittalpati
ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता

हाम्रा संवाददाता
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पथ तथा गोपनीयताको शपथ समेत लिएका छन्  ।

बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो । प्रधानमन्त्री ओली यस अघि २०७२ असोज २५ गते प्रधानमन्त्रीमा पहिलो कार्यकालका लागि नियुक्त भएका थिए । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएपछि ओलीले यो मौका पाएका हुन् । यस्तै प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको शपथसँगै मन्त्रीमण्डल समेत गठन गरेका छन् । उनले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिदै नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् । नयाँ मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले उपपप्रधानमन्त्रीमा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उङ्वयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री मणि थापा, भौतिक योजना तथा पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, महिला, बालबालिका तथा ज्येष्ठानागरिकमन्त्री जुलिकुमारी महतोलाई पुनः मन्त्रीको जिम्मा दिएका हुन् । उनले तीनजना राज्यमन्त्रीलाई पनि पुरानै जिम्मेवारीमा दोहो¥याएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update