राजनीति

पत्रकार महासंघ गुल्मीको अध्यक्षमा अर्याल

Shittalpati Reporter

गुल्मी, नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्षमा टोपलाल अर्याल विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ३० मत ल्याएर अर्याल अध्यक्षमा विजयी भएका हुन् । अर्यालका प्रतिद्वन्द्वी अनिल खत्रीले २७ मत प्राप्त गरेका छन् ।

अर्याल नेकपा एमाले माधव नेपाल समूह निकट प्रेस चौतारीका नेता हुन् । त्यस्तै उपाध्यक्षमा रेशम कुँवर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कृष्ण ज्ञवालीले १९ मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षमा सीता भण्डारी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी अम्बिका आचार्यले २३ मत प्राप्त गरेकी छिन् । सचिवमा ३७ मतसहित प्रेम सुनार विजयी भएका छन् । अर्का सचिवका उम्मेदवार ज्ञानबहादुर महताराले २१ मत प्राप्त गरेका छन् । त्यसैगरी सहसचिव खुल्लामा ४२ मतसहित तिलाचन पाण्डे, सहसचिव समावेशीमा ४० मतसहित तेजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा ३४ मतसहित कौरव खत्री विजयी भएका छन् । सदस्यहरुमा ४४ मतसहित अश्विन बोहोरा महेश, ४३ मतसहित दुर्गाबहादुर खड्का क्षेत्री, ४५ मतसहित हुमाकान्त पोख्रेल विजयी भएका छन् । महिला सदस्यमा सरस्वती जिसी विजयी भएकी छन् । उनले ३३ मत प्राप्त गरेकी छन् भने सदस्य (दलित) बाट ३९ मतसहित रमेश विश्वकर्मा विजयी भएका छन् ।


प्रकाशित मिति: बिहिवार, चैत्र २६, २०७७, ०४:५७:००
प्रतिक्रिया दिनुहोस्