Shittalpati
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी

बुटवल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा भएको महाधिवेशनले पहाडीलाई पुनः अध्यक्षतामा चयन गरेको हो ।

जसको उपाध्यक्षमा गोपाल बराइली, उपाध्यक्ष मिलन परियार, महिला उपाध्यक्षमा कमलाकुमारी विक (रसाइली), रहेका छन् । त्यस्तै प्रदेशगत उपाध्यक्षहरूमा प्रदेश १ बाट पर्वत पोर्तेल, २ बाट भोला पासवान, बागमतीबाट बुद्धि विश्वकर्मा, गण्डकीबाट दीपक परियार, लुम्बिनीबाट विनोद परियार, कर्णालीबाट टेकेन्द्र विश्वकर्मा र सुदूरपश्चिमबाट करण ताम्राकार चयन भएका हुन् । महासचिवमा लक्ष्मण दर्नाल भएका छन् । सचिवमा सन्तोष गन्धर्व, वीरू नेपाली, सिकेन्द्र पासवान, रिता बुढाथोकी र कोषाध्यक्षमा भीम घिमिरे (विश्वकर्मा) चयन भएको संघले जनाएको छ । महिला सदस्यमा पूर्णिमा जनला, राधा नेपाली, अनित कुमारी, सुनित नेपाली, शान्ति गजमेर र मालती विक चयन भएका छन् । केन्द्रीय सदस्यमा खुलातर्फ प्रेम सुनार, अमर सुनार, राधेश्याम विक, प्रमिण गजमेर, सरिता बराइली, मानसिंक विक, पिबी दियाली, फुलु सुनार, सञ्जय सौगात, राजेश सुनाम, वसन्त विक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउँले, वसन्त विश्वकर्मा, किसानसंगीत नेपाली चयन भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update