Shittalpati
संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण

रमेश विश्वकर्मा
बुटवल, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान च्यात्न खोज्ने शक्ति नै सकिने बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता खाँणले संविधानलाई च्यात्ने शक्ति आफै सकिएर जाने बताएका हुन् ।

उनले केही राजनैतिक शक्तिहरु संविधानलाई नै लत्याएर अगाडि बढ्ने कोसिस गरिरहेकाले त्यस्तो शक्ति कुनै पनि हालतमा टिक्न नसक्ने धारणा व्यक्त गरे । ‘एउटा शक्ति संविधानको रक्षा गर्न चाहान्छ, अर्काे शक्ति संविधानलाई प्रहार गर्न चाहान्छ’ नेता खाँण भने । उनले नेपालमा कुनै पनि राजनैतिक आधारमा उभिएर बहुदलियता समात्न गर्न नसकिने बताएका छन् । वर्तमान प्रधानमन्त्रीले संविधान माथि प्रहार गरिरहेको बताउँदै नेता खाँणले नेपालको संघीय लोकतन्त्रलाई कसैले पनि समाप्त गर्न नसक्ने उल्लेख गरे ।

पिछडिएको समुदायको सहभागिता राज्यतहमा हुनुपर्ने भएपनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाई छ । नेता खाँणले दलित प्रत्रकारको सफलता नै मूलुकको सफलता भएको समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update