Shittalpati
प्रधानमन्त्रीको खेल निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने : नेता विष्ट

गुल्मी, नेकपा प्रचण्ड–माधब समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने खेलमा लागेको बताएका छन् । तम्घासमा प्रचण्ड–माधव निकट युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता बिष्टले यस्तो बताएका हुन् ।

उनले दम्बले भन्दा कानुन अनुसार सूर्य चिन्ह बहुमत सदस्यले पाउने भएकाले दिवा सपना नदेख्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । प्रतिगमन र प्रतिगामीका विरुद्धको आन्दोलनमा युवाको नेतृत्वमा पार्टीले आन्दोलनलाई अगाडि बढाउने बिष्टले प्रतिवद्धता ब्यक्त गरे ।

ओलीले समृद्धिको सपना देखाएर लोकतान्त्रिक गणतन्त्र र संविधाननै धरापमा पारेको नेता विष्टले आरोप लगाए । कम्युनिष्टले प्राप्त गरेको दुई तिहाई मत समृद्धिको लागि भए पनि त्यो अभिमत प्रधानमन्त्रीले आफ्नो उत्तेजना र स्वार्थमा प्रयोग गरेको उनले बताए । –अनिल खत्री

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update