Shittalpati
पार्टी नेतामुखी भए मुलुकमा तानाशाही ओलीवाद आउँछ : नेता ज्ञवाली

कृष्ण पोखरेल
पाल्पा, नेकपा प्रचण्ड माधव समूहका लुम्विनी प्रदेश ईञ्चाज तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टी भित्र नेतामुखी प्रवृत्ति हावी हुँदै गएकाले मुलुकमा तानाशाही ओलीवाद आउने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले नेकपा पार्टी भित्र नितीमुखी भन्दा पनि नेतामुखी प्रवृत्ति हावी हुँदै गएकाले मुलुकमा तानाशाी ओलीवाद आउने बताएका हुन् ।

पार्टी भित्र बैचारीक मन्थन नहुँदा केपी ओली जस्ता तानाशाहाको उदय भएको भन्दै उनले अब पनि पार्टीलाई निति सिद्धान्त र बैचारिक परीक्षण विना नेता मुखी पार्टी भए भोली पार्टीको अर्काे तानाशाही ओलीवाद आउने चेतावनी दिए । नाम मात्र कम्युनिष्ट,काम सामन्तवादीको रुपमा परिणत भएको नेकपा अब केपी ओलीकै कारण सच्चिने मौका पाएको बताए । अहिले केही मानिस चाट चुटको लागि ओलीको समर्थनमा लागे पनि फागुन १५ पछी मुल नेकपा मै फर्किने स्थायी कमिटी सदस्य ज्ञवालीले दावी गरे ।

कार्यक्रममा पूर्व कृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुसालले सेटिङमा सर्वाेच्च अदालतले निर्वाचनको पक्षमा फैसला गरे मुलुकमा रक्तपात मच्चिने चेतावनी दिए । उनले भने ‘ यदि फैसला भएपनि बैशाखमा निर्वाचन हुने अवस्था छैन्, मुलुकमा निति नियम विधी विधान सबै समाप्त भई देशमा भड्कालो भासिने र हामी सबै समाप्त हुने अवस्था आउने भएकाले सर्वाेच्च अदालत र न्यायधिशहरुले मुलुकको सर्वाेत्तम हितमा निर्यण गर्ने विश्वासमा आफु र नेपाली जनता रहेका छौं ।’ जनमत संविधान विपरित फैसला भएपनि आगामी असार भित्र ओलीलाई सडक ल्याउने चेतावनी नेता भुसालले दिए । वर्तमान प्रधानमन्त्री केपी ओलीलाई लंकाको रामणसंगै तुलना गर्दै नेता भुसालले दश टाउके रामणले अन्तिममा लंका नै ध्वस्त बनाई आफु पनि सिद्धियो त्यसै गरी ओलीले पार्टी र देशलाई ध्वस्त बनाउदै सिद्धिने अवस्थामा पुगेको नेता भुसालले बताए । केहि दिन यता तानाशाह ओलीको ओटमुख सुक्दै गएको,संसद पुनःस्थापना हुने अवस्थामा अध्यायदेशको सहारामा पार्टीलाई चुईटाउने अभियानमा ओली लागेको नेता भुसालको आरोप छ ।

कार्यक्रममा नेकपा नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तिमगर, केन्द्रीय सदस्यद्धय तुलाराम घर्तिमगर, ठाकुर गैरे लगायतले मुर्छित अवस्थामा रहेको संविधानलाई बचाउन, प्रतिगमनलाई परास्त गर्न, ओलीजस्ता नव सामन्तवादी प्रवृत्तिको अन्त्यका लागि पार्टीले देशैभरी भेला तथा प्रशिक्षण गर्दै आएको बताए । पार्टी ईन्चाज तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेको सभापतित्व, जिल्ला सचिवालय सदस्य कमल पाण्डेको स्वागत, जिल्ला सचिव राजेन्द्र विकको सञ्चालनमा भेला तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update