Shittalpati
काँग्रेसले गर्‍यो तेस्रो चरणको आन्दोलन घोषणा

पाल्पा । नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । काँग्रेसको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

काँग्रेसले तेस्रो चरणका आन्दोलनमा भातृ तथा शुभेच्छुक संस्थालाई जिम्मा दिने बताएको छ । जसअनुसार १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा ७७ वटै जिल्लमा प्रदर्शन हुनेछ । यसैगरी २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० गते सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निणर्य गरिएको काँग्रेसले जनाएको छ । यस अघि प्रतिनिधि सभा विघटन विरुद्ध पहिलो चरण अन्तर्गत काँग्रेसले १३ पुसमा १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो । यस्तै दोस्रो चरण अन्तर्गत २५ पुसमा ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७ सय ५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update