Shittalpati
पद र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्टमा विभाजन : पोखरेल

कृष्ण पोखरेल
पाल्पा । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इञ्चाज शंकर पोखरेलले पद र सत्ताको लोभले गर्दा कम्युनिष्टमा विभाजन आएको बताएका छन् । ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई शनिबार तानसेनमा सम्वोधन गर्दै उनले प्रचण्ड–माधव र झलनाथ खनालको सत्ता र पद लोभका कारण कम्युनिष्ट आन्दोलनमा विभाजन आएको बताएका हुन् ।

नेता पोखरेलले प्रधानमन्त्री र राष्ट्रपतिको बन्ने कुरा नै पार्टी विभाजनको मुख्य कडी भएको धारणा व्यक्त गरे । उनले भने, ‘पद र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा विभाजन आएको हो । यो कुनै राजनीतिक विचारधारा बहसबाट भएको विभाजन होइन ।’ कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले जिम्मेवारी अनुसार पार्टी एकताको काम नगरी पार्टी नै फुटाउने काम गरेको पोखरेलले आरोप लगाए । नेताहरुमा कति पदलोलुपता र सत्ता प्राप्तिको हतारो रहेछ भन्ने घाम झै छर्ल· भएको छ, अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न, संसदीय दलको नेता महाधिवेशनमा हारेपनि, जस्केलाबाट पार्टी अध्यक्ष माधव नेपाल, राष्ट्रपतिको लोभमा झलनाथ खनाल जस्ता व्यक्तिको स्वार्थका कारण नेकपालाई विभाजनको स्थितिमा पु¥याएको नेता पोखरेलले बताए । नेपाली काँग्रेस, जनता समाजवादी लगायतका ठूला पार्टी चुनावमा होमिएका छन्, गाउँ–गाउँमा चुनावी प्रचारमा जुटेका छन् तर माधव र प्रचण्ड भने जनताबाट हारिने डरले संसद पुर्नस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दाे अवस्था भएको उनले आरोप लगाए ।

लुम्विनी प्रदेशका मुख्य मन्त्री समेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्ड कम्युनिष्ट आन्दोलनका भाइरस भएको बताएका छन् । प्रचण्ड जहाँ छिरे त्यहाँ एकिकरण भन्दा पनि टुट फुट गराउने र भताभुङ्ग पार्ने क्षमतामात्र प्रचण्डमा रहेकाले प्रचण्डको मनसाय नै नेकपा एकिकरण भन्दा नेकपा फुटाउने अभियानमा जुटेको उनले आरोप लगाए । कार्यक्रममा केन्द्रीय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले केपी कम्युनिष्ट आन्दोलनका फलाम र माधव–प्रचण्ड काठ भएको टिप्पणी गरे । फलाम अग्नी परीक्षामा खारिएर आउँछ तर काठ आफै जलेर खरानी हुन्छ त्यस्तै माधव र प्रचण्डको हालत आगामी निर्वाचनले खरानी बनाईदिने नेता बस्नेतले बताए । १० वर्षे जनयुद्व लडेका मोहन बैध, बाबुराम भट्टराई, नेत्र विक्रम चन्द, सिपी गजुरेज जस्ता आफ्नै सहयात्रीलाई पाखा लगाएर कम्युनिष्ट आन्दोलनलाई छिया–छिया बनाएका प्रचण्ड र उनको गुलियोमा फसेका नेता माधव नेपालले नेपाली कम्युनिष्ट आन्दोलनलाई खरानी बनाउने नेता बस्नेतले आरोप लगाए । उनले नेपालमा वीपी कोइराल, तत्कालीन राजा महेन्द्र, पछि राष्ट्रवादी एकल नेता केपी ओली भएको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य सुजिता शाक्य, जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नारायण आचार्य, युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले प्रचण्ड र माधव नेपालको सत्ता र पदलोलुपताको कारण नेकपा विभाजनको अवस्थामा पुगेको आरोप लगाए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले हिजो एउटै पार्टीमा बसेका नेताहरु आज सुन्ने नसकिने गरी गाली गलौजमा उत्रिनु, कार्यकर्ताको भावना विपरित आ–आफ्नो स्वास्र्थका कारण पार्टी विभाजनको अवस्थामा पुर्‍याउनु नेपाली कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको बताए । कार्यक्रममा बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी, विद्यार्थी नेता टीकाबहादुर थापा, जिल्ला कमिटी सदस्य दिनेश रावल लगायतले आ–आफ्ना धारणा राखेका थिए । तानसेन नगर कमिटीका अध्यक्ष रामप्रसाद पोखरेलको अध्यक्षता, जिल्ला कमिटी सदस्य तुलबहादुर अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update