Shittalpati
बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् । –रासस

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update