Shittalpati
भोलि देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन

पाल्पा । नेपाली काँग्रेसले भोली देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोली देशभर विरोध प्रदर्शन गर्न लागिएको नेपाली काँग्रेस पाल्पाले जनाएको छ । यसअघि कांग्रेसले २५ पुसमा ३३० वटै प्रदेश निर्वाचन क्षेत्र र १३ पुसमा १६५ वटै प्रतिनिधि सभा तर्फका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । नेपाली काँग्रेस पाल्पाले पनि जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा विरोध प्रदर्शनका लागि तयारी अन्तिम चरणमा पुर्‍याएको पार्टी सचिव झपेन्द्र गहिरेले जानकारी दिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनका बिरुद्ध शनिबार हुने स्थानीय तह स्तरीय प्रदर्शनमा सहभागी बन्न नेता कार्यकर्ताहरुमा अपिल गरेका छन् । देउवाले शुक्रबार अपील जारी गर्दै ३ माघमा हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्ताहरुमा आग्रह गरेका हुन । ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’ देउवाले विज्ञप्तीमा भनेका छन् । कांग्रेसले संसद विघटनको निणर्यलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आइरहेको छ । ८ माघमा पनि कांग्रेसले देशभरका वडा स्तरमा प्रदर्शन गर्ने जनाएको छ ।

गुल्मीमा यस्तो छ तयारी

भोलि हुने विरोध सभाको नेपाली काँग्रेस गुल्मीले तयारी अन्तिम चरणमा पु¥याएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा विरोध प्रदर्शन सहित विरोध सभाका लागि तयारी अन्तिम चरणमा पुगेको सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनले वर्तमान प्रधानमन्त्री ओलीको सम्पूर्ण ज्यादतीका विरुद्धमा पार्टी केन्द्रीय समितिले आह्वान गरेको बिरोध कार्यक्रममा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्णलाई आ–आफ्नो स्थानीय तहमा सहभागिता हुन आग्रह गरेका ।

कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट बजारमा, मालिका गाउँपालिकाको अर्खाबाङ्ग ठूलीचौर बजारमा, इस्मा गाँउपालिकाको दोबाटामा, रेसुंगा नगरपालिकाको सदरमुकाम तम्घासमा, सत्यवती गाँउपालिकाको जोहाङ्ग खैरेनी बजारमा, मुसिकोट नगरपालिकाको वामीटक्सार बजारमा विरोध प्रदर्शन सहित विरोध सभा हुने भएको छ । त्यस्तै छत्रकोट गाँउपालिकाको पल्लीकोटमा, धुर्कोट गाँउपालिकाको बर्बोटमा, चन्द्रकोट गाउँपालिकाको शान्तीपुर बजारमा, गुल्मीदरबार गाउँपालिकाको जुभुङ्गमा, मदाने गाउँपालिकाको पूर्कोटदह बजारमा र रूरूक्षेत्र गाँउपालिकाको बलेटक्सार बजारमा विरोध प्रदर्शन सहित विरोध सभा हुने भएको गुल्मी काँग्रेसले जनाएको छ ।

गुल्मी काँग्रेसले विरोध कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहमा प्रतिनिधि समेत खटाएको सचिव खिलध्वज पन्थीले बताए । उनले कालीगण्डकी गाउँपालिकामा पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद बलाल र मालिका गाउँपालिकामा स्वयम् आफु खटिएको बताए । त्यस्तै इस्मा गाँउपालिकामा पार्टी सचिव विष्णु कुमारी सापकोटा, रेसुंगा नगरपालिकामा पार्टीका कोषाध्यक्ष हरि बहादुर केसी, सत्यवती गाँउपालिकामा जिल्ला सहसचिव गोपाल प्रसाद पाण्डेयलाई खटाईएको छ ।

मुसिकोट नगरपालिकामा पार्टीका जिल्ला सदस्य एवम् केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्दबहादुर पहराई, छत्रकोट गाँउपालिकामा पार्टीका जिल्ला सदस्य एवम् नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामी, धुर्कोट गाँउपालिकामा महाधिवेशन प्रतिनिधी डा.दामोदर भुसाल, चन्द्रकोट गाउँपालिकामा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का क्षेत्रीय सभापति भगतसिंह खड्कालाई गुल्मी काँग्रेसले प्रतिनिधिको रुपमा खटाएको छ । त्यस्तै गुल्मीदरबार गाउँपालिका पार्टीका जिल्ला सदस्य अनन्तराम पौडेल, रूरूक्षेत्र गाँउपालिकामा पार्टीका जिल्ला सदस्य थम्मन बहादुर केसी र मदाने गाउँपालिकामा महासमिति सदस्य एवम् शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारीलाई प्रतिनिधिको रुपमा खटाईएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update