Shittalpati
प्रधानमन्त्रीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको काँग्रेस गुल्मीको आरोप

गुल्मी । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ ले प्रधामन्त्री केपी शर्मा ओलीद्वारा संसद् विघटनको कदम असंवैधानिक भएको आरोप लगाएको छ । काँग्रेस क्षेत्रीय समितिको बैंठकले वर्तमान अवस्थामा केपी ओली सरकारले गरेको संघीय सांसद विघटनको बिरोध गर्दै यो कार्य संविधानको वरखिलाफ भएको आरोप लगाएको हो ।

बैंठकले प्रधानमन्त्री ओलीको कदमको विरोध स्वरुप केन्द्रीय कार्यालयको निर्णय अनुसार सोमबार विरोध प्रदर्शन गर्ने जनाएको छ । साविक क्षेत्रका २६ वडाका सभापति, सचिव तथा भातृसंस्थाका सभापति, क्षेत्रीय समितिका पदाधिकारी, जिल्लाकार्य समितिका प्रतिनिधी, क्षेत्रबाट निर्वाचित जनप्रतिनिधी समेतको सहभागितामा भएको बैठकले, वर्तमान राजनैतिक अवस्था, संसद विघटन पछिको राजनैतिक परिस्थिति र अबका दिनमा पार्टीको भावी कार्यदिशा र क्रियाशिल सदस्यता नविकरण तथा नयाँ सदस्यताको प्रभावकारिताका विषयमा समेत छलफल भएको क्षेत्रीय सचिव सन्तोष गौतमले बताए ।

बैठकमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सहसचिव गोपाल पाण्डेले, संसद विघटनको कार्य संविधान विपरित भएको हँुदा यो कार्यको सबै तह र तप्काबाट बिरोध गर्नुपर्ने समय आएको धारणा व्यक्त गरे । जिल्ला कार्य समितिका सदस्य अनन्तराम पौडेलले बहुमतको सरकारले गरेका हरेक गतिविधी भ्रष्टाचार र गैर सवैधानिक भएको आरोप लगाए । साविक क्षेत्र १ का सभापति तथा सत्यवती गाउँपालिकाका प्रमुख पारिश्वर ढकालले, संसद विघटनका विरुद्धमा देशै भरिबाट आन्दोलनको आँधी बेहेरी आउँने बताए । नेपाली काँग्रेसका महासमिति सदस्य तथा चन्द्रकोट गाउँ सरकारका प्रमुख द्रोण खत्रीले, केन्द्र सरकार विचलित हुँदै गएका कारण स्थानीय सरकारको भूमिका र जिम्मेवारी बढेर गएको बताए । अर्को महासमिति सदस्य तथा कालीगण्डकी गाउँ पालिकाका प्रमुख वेदवहादुर थापाले हरेक टोल र गाउँका जनताका समस्या समाधानमा नेपाली काँग्रेसको दािियत्व बढेर गएको बताए । क्षेत्रीय उपसभापति जगदीश भट्टराईले संसद विघटन गैर संवैधानिक कार्यभएको आरोप लगाए ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update