Shittalpati
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने

पाल्पा, संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काँग्रेसले प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको हो ।

काँग्रेसको प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले तानसेनमा र प्रतिनिधिसभा क्षेत्र नम्बर १ ले रामपुरमा यही पुस १३ गते संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्ध र लोकतान्त्रिक संविधानको पक्षमा र्‍यालीसहित विशाल विरोध प्रदर्शन गर्न लागेको छ । क्षेत्र नम्बर २ को शनिबार तानसेनमा बसेको बंैठकले नेपाली काँग्रेसको केन्दीय निर्णय अनुसार कार्यक्रम तय गरिएको क्षेत्रिय सभापति रामबहादुर कार्कीले बताए । उनका अनुसार विरोध प्रदर्शन कार्यक्रमका लागि क्षेत्रिय सचिव यादव सिं कार्कीको संयोजकत्वमा भातृसंस्थाका प्रमुख, क्षेत्रिय समिति, वडा पदाधिधकारीहरु, गाउँपालिकाका संयोजक सहित पदाधिकारीहरु रहने गरी २ सय ५१ सदस्यी विरोध प्रदर्शन समित गठन गरिएको छ । त्यस्तै बैठकले बगनासकालीमा लक्ष्मी अधिकारी, तानसेनमा विष्णु गाहा, रिब्दीकोटमा रामचन्द्र पाण्डे, रैनादेवी छहरामा हरिलाल पोखरेल, विष्णु पोखरेल, तिनाउमा दम बहादुर कार्कीलाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । त्यस्तै उता नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले पनि रामपुरमा विरोध प्रदर्शनको तयारीलाई व्यापक बनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update