Shittalpati
न्यायिक समितिको काम प्रभावकारी बनाउन अन्तक्र्रिया

कृष्ण पोखरेल
पाल्पा, न्यायिक समितिको काम प्रभावकारी बनाउन प्रदेश नंं ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाल्पाका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुसँग छलफल तथा अन्तक्र्रिया गरेको छ । पाल्पाका १० वटै स्थानीय तहका न्यायिक समितिका संयोजक सहित पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरी न्याय सम्पादनलाई विश्वसनीय बनाउन प्रदेश सरकार कानुन मन्त्रालयले तानसेनमा संयुक्त रुपमा छलफल गरेको हो ।

प्रदेश सरकारले १२ वटै जिल्लाका स्थानीयतहका न्यायिक समितिहरुसंग छलफलको क्रममा मंगलबार पाल्पा जिल्लाका न्यायिक समितिसंग अन्तक्र्रिया गरेको हो । स्थानीय सरकार अन्तर्गत न्यायिक समिति अन्तर्गत रहेका अधिकार कानुनी अवस्था, मुद्दा मामिलाको क्षेत्राधिकार, न्याय सम्पादनको समयमा देखिएका जटिल विषयवस्तु, कानुनी अड्चनका विषयमा विषयवस्तु केन्द्रित रहेको थियो । स्थानीय सरकार अन्तर्गत रहेको न्यायिक समितीले स्थानीयस्तरमा देखिएका साध सीमाना, खानेपानी, विद्युत, एक आपसका झै–झगडा, बाटो घाटो जस्ता आपसी लेनदेन जस्ता विषयवस्तुमा वस्तुनिष्ट व्यवहारिक पक्षलाई ध्यान दिदै दुबै पक्ष जितको वातावरण मिलाउने गरी जिम्मेवारी प्रदान गरेको छ ।

क्षमता अभिवृद्धि कार्यक्रममा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेल, उपसचिव हरि सिंह धामी, पाल्पा जिल्ला अदालतका श्रेष्तेदार कृष्ण मुरारी सिग्देलले सहजीकरण गरेका थिए । न्याय सम्पादनको काम चुनौती र कठिन भएकोले जनप्रतिनिधिबाट हुँदै आएका न्याप सम्पादनको अभ्यासलाई समय समयमा प्रदेश सरकारबाट क्षमता अभिवृद्धिको कार्यक्रम गर्दै आएको कानुन मन्त्रालयका उपसचिव धामीले बताए ।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update