Shittalpati
एमसिसीमा शैन्य रणनीति जोडिएको छैन : मन्त्री ज्ञवाली

रमेश विश्वकर्मा
गुल्मी । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बारेमा आवश्यक सूचना, दस्तावेज र आवश्यक ज्ञानको अभाव भएका मान्छेहरुले यसको बिरुद्धमा बोलिरहेको बताए । एमसिसीको बारेमा केही जानकारी नभएका मान्छेहरुले मात्र यसको बिरुद्धमा बोलेको भन्दै उनले भने यसमा कुनै पनि शैन्य रणनीति नजोडिएको बताए ।

मङ्गलबार प्रेस सङ्गठन नेपालले जिल्लको सदरमुकाम तम्घासमा ओजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रको हित, विकासको आवश्यकता र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर यो विषयलाई छिटो टुङ्याउने बताए ।

एमसिसीको विषयलाई लिएर बाहिर आईरहेका अनावश्यक अतिरञ्जित, अतिप्रायोजित कुराहरु प्रति हामी निकै नि सजग भएर एमसिसीको बारेमा अध्ययन गर्न लागेका छौं मन्त्री ज्ञवालीले,‘जसले एमसिसीको पुरारुप जान्न सकेका छैनन् तिनीहरुले नै त्यसको बिरुद्धमा बोलाका छन । यो कार्यक्रम ४९ वटा देशमा लागू भएको छ, यसको बारेमा अध्ययन गर्न आग्रह गरे ।’

‘दुई वर्षको कार्यसम्पादनबाट सरकारको आत्मविश्वास बढेको छ’

सरकारले विकास निर्माणका धेरै कामहरु गरेको पत्रकार भेटघाट कार्यक्रममा बताउँदै मन्त्री ज्ञवालीले भने,‘पछिल्लो दुई वर्षको अबधिमा सरकारले प्रर्याप्त उपलब्धिहरु हाँसिल गरेको छ । यसरी हामीले दुई वर्षको अबधिमा हाँसिल गरेका उपलब्धिहरु देखेर हामी निकै नै हर्षित भएका छौं । त्यस्तै हामीले थुप्रै कामहरु गर्न पनि बाँकी छन, त्यसकारण हामी निकै गम्भिर पनि बनेका छौं ।’

दुई वर्षको कार्यसम्पादनबाट नेपाल सरकारको आत्मविश्वास बढेको मन्त्री ज्ञवालीले बताए । निर्वाचनको समयमा जनतासँग हामीले गरेको बाचाकबुलहरु विस्तारै हुँदै गएको बताए । गएको पाँच महिनामा बैदेशिक लगानी पाँच गुणाले बढेको विगतका वर्षहरुको तुलनामा यो धेरै भएको बताउँदै मन्त्री ज्ञवालीले भने,‘व्यापार घाटा घटाएका छौं । विकास निर्माणका कामले निकै तिव्रता पाएका छन । वर्षौ देखि काम लिने तर काम समय मै सम्पन्न नगर्ने जून प्रवृति थियो त्यसको अन्त्य भएको छ ।’

वर्तमान सरकारले जसले कामचोर प्रवृति देखाएका छन् । उनिहरुलाई नियन्त्रण गर्ने काम गरिरहेको बताए । त्यस्तै उनले भ्रष्टाचार बिरुद्धको सरकारले हमला सुरु गरेको बताए । भ्रष्टाचार गर्ने जुनसुकै ओहदाका मान्छेलाई अहिलेको वर्तमान सरकारले नछाड्ने बताए । अहिले पछिल्लो समय यस्ता व्यक्तिहरु दिनानु दिन कारबाहीमा परेको बताए ।

जनता सन्तुष्ट हुनु, जनताले खुसी व्यक्त गर्नु भनेको देशमा विधिको शासन र कानुनको शासन हो भन्दै मन्त्री ज्ञवालीले देश विधि र कानुनको शासनमा गएको बताए । उनले जस्तोसुकै व्यक्ति भएपनि अहिले कानुनको फन्दामा आएको बताए । कानुन भन्दा माथि अरु कोही हुन नसक्ने भन्दै नेपालको राष्ट्रिय हित, विकासलाई ध्यानमा राखेर हरेक कुराहरु अगाडी सार्ने मन्त्री ज्ञवालीले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update