Shittalpati
काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा

बुटवल ।  नेपाली कांग्रेसले रुपन्देही बन्दको घोषणा गरेको छ । सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा बनाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काँग्रेसले भोलि अर्थात् असोज १८ गते बन्दको घोषणा गरेको हो । आज बुटवलका नेपाली काँग्रेस र बुटवलमा क्रियाशिल संघ संस्थाका प्रतिनिधीको भेलापछि आन्दोलनमा कार्यक्रम घोषणा गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका सभापति हरि लम्सालले बताए ।

उनका अनुसार आज साँझ बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकालिने भएको छ भने भोलि असोज १८ गते रुपन्देही बन्दको बन्द गरिएको छ । यस्तै १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको काँग्रेस रुपन्देही सचिब रामकृष्ण खाँणले बताए । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै नेपाली काँग्रेसले विरोध गरेका हो ।

नेपाली काग्रेसले पहिले सरकारले तोकिएको बुटवल नै उपयुक्त भएको भन्दै अहिले प्रदेश सरकारले कोरोना बेला यस्तो प्रस्ताब ल्याएर राजधानी दाङ लैजाने निर्णय गर्नु गलत भएको ठहर गरेको छ । यता आजै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको बैठकले दाङकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने विषयमा चार जिल्लाका नेकपा सांसदले समेत फरक मत राखेका छन ्। शनिबार बिहानदेखि बसेको प्रदेश संसदीय दलको बैठकमा बोल्दै सांसदले लिखित रुपमै असहमति जनाएका हुन् । रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताउदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update