Shittalpati
तम्घासमा तनाव :गुल्मी काँग्रेस सभापति सहित ६ जना घाईते

हाम्रा संवाददाता

तम्घास, गुल्मीमा प्रहरी प्रशासनले गरेको ज्यादती गरेको विरोधमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै आपत्ती जनाएका छन् । जिल्ला सपभापति भुवन श्रेष्ठ र प्रदेश सभापति पूर्णकेसी लगायत नेता कार्यकर्ता माथि प्रहरीले धक्कामुक्का गरेको र उनीहरु घाइते भएको बनाएकोमा आपत्ती जनाएका नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोईराला, केन्द्रीय सदस्य शेखर कोईराला, चन्द्र भण्डारी लगायतका दर्जनौ नेताहरुले आपत्ती जनाएका छन् ।

गत सोमवार तम्घास स्थित रानीपोखरी निमाविमा नेकपा र नेकाँ पक्ष बीच भएको झगडामा पछि नेकपा समर्थक पक्षले नेकाँका कार्यकर्ताले आफुहरुलाई कुटपिट गरेको भन्ने आरोप लगाएर प्रशासनमा उजुरी दिएका थिए, पछि प्रशासनले एका एक उनीहरुलाई पक्राउ गरि सार्वजनिक मुद्दा गर्दा गर्ने क्रम अगाडी बढाएको थियो । यो घटना पछि गुल्मीको सद्रमुकाम तम्घासमा अहिले तनाव भएको छ । सोही घटनालाई लिएर गुल्मी काँग्रेस त्यस मातहतका संगठनहरुले ज्यादती गर्ने उपर कार्यवाही नभए सम्म आन्दोलन सशक्त बनाएर लग्ने बताउँदै आएका छन् ।

झुठा आरोपकै आधारमा पक्राउ परेका व्यक्तिहरु निर्दोष भएको भन्दै, वार्ताको वातावरण बनाएर अगाडी बढ्न माग सहितको विज्ञप्ती वुझाउँन सोमवार प्रमुख जिल्ला अधिकारी समक्ष जान लाग्दा प्रहरी लगाएर ज्यादती गरिएको पिडित पक्षको गुनासो छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले रोकेको र ज्यादतीपूर्ण आक्रमण र दुव्र्यवहार गरेको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् । नेताहरुले ‘कम्युनिस्ठहरुको सरकार र सत्ताको आडमा अपराधीलाई प्रहरी प्रशासनबाट गरिएको संरक्षणको शान्तिपुर्ण विरोध कार्यक्रममा सहभागी हुने क्रममा नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ, पूर्ण खत्री लगायतका नेपाली काङ्ग्रेसका साथीहरू घाईते भएको घटनाप्रति खेद प्रकट गर्दछु । अपराधीलाई कुनैपनि हालतमा उन्मुक्ति दिनुहुन,तुरुन्त कानूनी कारवाहीको माग गर्दर्छौ । सभापति समेत दुई कांग्रेसका नेता र चार जना सुरक्षाकर्र्मी सहित ६ जना घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको पार्टी सचिव खिलध्वाज पन्थीले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधान प्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण मागगर्दछ विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  २३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update