Shittalpati
बीपी स्मृतिः नेविसंघ पाल्पाले सम्झियो यसरी

पाल्पा । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पाल्पाले संस्थापक एवं महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । नेविसंघले तानसेनमा वृक्षारोपण, सरसफाई र फरक क्षमताका विद्यार्थीहरुलाई खाना खुवाएर बीपी स्मृति दिवस मनाएको हो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपीको २०३९ साल साउन ६ गते निधन भएको थियो । सोही दिन पारेर नेविसंघलले बीपीलाई सम्झदै आएको छ । यस वर्ष पनि संघले बीपीको विचार र आर्दशको चर्चासँगै त्रिभुवन बुहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण र तानसेन नगरपालिका ७ मा रहेको सिर्जनशिल अपाङ्ग स्वावलम्बन केन्द्रका फरक क्षमता भएका विद्यार्थीहरुसँगै बसेर खाना खाएर दिवस मनाएको हो । मंगलबार भएको कार्यक्रममा नेविसंघले नेपाली काँग्रेसका नेता कार्यकर्ता, फरक क्षमताका विद्यार्थीहरुसँग बीपीको विचार र आदर्शका विषयमा चर्चापरिचर्चा गरेको थिए ।


कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले बीपीको विचारलाई आत्मसात गर्दै नेविसंघले फरक क्षमताका विद्यार्थीहरुको बिचमा रहेर उनीहरुको भावनाको सम्मान गर्नु आफैमा प्रसंसनिय कार्य रहेको बताए । उनले भने ‘साच्चिकै बीपीले भनेझै गरिब, दिन, दुखी र अपहेलित वर्ग माझ पुग्न सके मात्र लोकतन्त्रको साथर्कता रहन्छ, सोही विषयलाई नेविसंघले आत्मसात गरेको छ ।’ सभापति रानाले जनताको पिरमर्काप्रति काँग्रेसले सशक्त भएर आवाज उठाउनुपर्ने बेला आएको बताए ।

सरकारले गरेका गलत क्रियाकलापको खबरदारीका लागि नेविसंघ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्था एक हुनुपर्नेमा उनले जोड दिए । उनले राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि बीपीको विचार र आदर्शको राजनीतिलाई अगाल्नुपर्ने बताएका छन् । वीपीको सिद्धान्तकै कारण देशबाट राणा शासन, एकदलीय व्यवस्था र निरंकुश राजतन्त्र हटाउन कांग्रेस सफल भएको स्मरण गराउँदै सभापति रानाले अब वीपीको बाटोबाट नै अतिवादी कम्युनिष्ट शासन व्यवस्थाको अन्त्य हुने समेत बताए ।


काँग्रेसका पूर्व जिल्ला सचिव माधव नेपालले विद्यार्थीका हक अधिकारका निम्ती बीपीले जुन विचार सिद्धान्त अगाडि सारे सोही अनुरुप नेविसंघले पनि आत्मसात गर्नु पर्ने बताए । नेता नेपालले भने ‘बीपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।’ कार्यक्रममा  महासमिती सदस्यहरु हिमालदत्त श्रेष्ठ, सुनिता अधिकारी, नेविसंघका केन्द्रीय सदस्य हरीवोल भट्टराई, नेविसंघ त्रिभुवन बुहमुखी क्याम्पस पाल्पाका इकाई कार्यवाहक सभापति सुवास गैरे, तानसेन नगरपालिका ७ का वडा सदस्य गंगा रोका लगायतले बीपीले देखाएको राष्ट्रियता, विकास निर्माणका काम, भेदभाव रहित समाजको विकास जस्ता कुराहरु काँग्रेसले प्रभावकारी ढङ्गले पछ्याउन नसकेको बताएका छन् ।

Caption

बीपीले सधैँ आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै उनीहरुले बीपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिए । उनीहरुले प्रजातान्त्रिक आन्दोलनमा बीपीले पुर्‍याएको योगदान सधैँ अविष्मरणीय रहने बताए । कार्यक्रममा सिर्जनशिल अपाङ्ग स्वाबलम्वन केन्द्रका अध्यक्ष सन्दिप भट्टराईले फरक क्षमताका विद्यार्थीहरुलाई नेविसंघले देखाएको सद्भाव प्रसंसनिय रहेको बताए । संघका जिल्ला कार्यवाहक सभापति सुरेश बोहोराको अध्यक्षता, सदस्य अमर गाहाको स्वागत, संघका त्रिभुवन बहुमुखी क्याम्पसका इकाई सदस्य युवराज चन्दको धन्यवाद, जिल्ला सह–सचिव कृष्ण अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । 

हेर्नुहोस् भिडियो... 

 
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update