Shittalpati
गुल्मीका कोरोना संक्रमितको पुनः पिसीआर परीक्षण गर्न काँग्रेस गुल्मीको माग

गुल्मी । नेपाली काँग्रेस गुल्मीले जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना पोजेटिभ देखिएका व्यक्तिको पुनः पिसीआर परीक्षण गर्न माग गरेको छ । बुधबार नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमति व्यक्तिको उपचारमा विशेष ध्यान पुर्‍याउन माग गरेका हुन् ।

श्रेष्ठले भयावह प्रकोपको आशंकामा विभिन्न स्थानमा बिरामीले उचित स्वास्थ्य सेवा नपाई मृत्युवरण गर्न परेकाले उपचाररत बिरामीको पुन पीसीआर परीक्षणका लागि जोडदार माग गरे । कोरोना भाइरस संक्रमित ४१ वर्षिय व्यक्तिको हाल रुपन्देहीको क्रिमसन अस्पतालको आईसियू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको अस्पतालले विज्ञप्ती मार्फत जनाएको छ । तर अस्पतालको आधिकारिक विज्ञप्तीलाई वेवास्ता गर्दै कोभिड–१९ को कारण बिरामीको मृत्यु भयो भनी तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र जिम्मेवार व्यक्तिहरुले सञ्चार माध्यममा दिएको गैरजिम्मेवार तथा भ्रामक अभिव्यत्ति प्रति नेपाली काँग्रेस गुल्मीको गम्भीर ध्यानाकर्षण भएको सभापति श्रेष्ठले उल्लेख गरे । श्रेष्ठले सम्बन्धित निकायबाट बिरामीको मृत्यु भएको आधिकारिक पुष्टि नभएको अवस्थामा बिरामीलाई मृतक घोषणा गर्न हतार गर्ने मानविय मूल्यहीन र संवेदनहीन कार्य नगरी जवाफदेही बन्न सम्बन्धित पक्षलाई सुझाव समेत दिए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update