Shittalpati
पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह

पाल्पा । नेपाली काँग्रेस पाल्पाले कोरोना महामारीका बेला जिल्लाका स्थानीय सरकारका काम कारवाही प्रभावकारी हुनुपर्ने कुरालाई महत्वका साथ उठाउँदै आएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले नेपाली काँग्रेसबाट विजयी प्राप्त जिल्लामा स्थानीय सरकारका प्रमुखहरुसँग अन्तक्र्रिया गर्दै कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका जनताका पक्षमा इमानदार भएर काम गर्न निर्देशन दिएका छन् ।

सभापति रानाले नेपाली काँग्रेस पाल्पाको पहलमा जिल्लाका सबै स्थानीयतहरुमा स्थापित राहतकोषमा आर्थिक सहयोगका लागि खटिएका पार्टीका सबै नेता तथा कार्यकर्तालाई धन्यवाद दिए । वास्तविक पीडितले राहत पाए नपाएको पनि पार्टी च्यानलबाट शुक्ष्म अनुसन्धान भईरहेको जानकारी दिए । उनले भने ‘नेपाली काँग्रेसले जितेका सबै स्थानीय तहहरुमा राहत वितरण र जनतालाई सेवा प्रवाह गर्ने क्रममा कुनै पनि कमी आउन नदिन सबै पक्ष लाग्नुपर्ने धारणा व्यक्त गरे । काँग्रेसले क्वारेन्टाईनमा बसेका नागरिकको सेवा र सम्मानमा कुनै पनि कमी आउन नदिन सबै कार्यकर्ता र पार्टी पंक्ती एक भएर लाग्नुपर्ने धारणा पनि व्यक्त गरे । कार्यक्रममा जिल्ला सचिव झपेन्द्र गहिरे, जिल्ला कार्यसमितिका पदाधिकारी, भातृसंस्थाका प्रतिनिधि समेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update