Shittalpati
‘प्रधानमन्त्रीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई राष्ट्रिय सहमति जुटाउने प्रयास गर्दै हुनुहुन्छ’

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सात राजनीतिक दलबिच भएको सहमतिकै आधारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई नै साझा उम्मेदवार बनाउने प्रयासमा जुटेको बताएका छन् । प्रेस चौतारी नेपाल पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई नै बनाउने गरी राष्ट्रिय सहमतिको प्रयास गरेको बताएका हुन् ।

माओवादीकै प्रस्तावमा सरकार गठन भएकाले माओवादीकै प्रस्तावमा एमालेलाई राष्ट्रपति दिने सहमती भएकाले अन्य पक्षको विषयमा चर्चा गर्नु मनको लडड् घिउ सित खाने जस्तै भएको उनले बताए । एमाले उपमहासचिव ज्ञवालीले तत्काल कँग्रेससंग सत्ता सहकार्य हुने संभावना नरहेको बताएका छन् । एमाले उपमहासचिव ज्ञवालीले संघ र प्रदेशको निर्वाचन सकिएपछी काँग्रेससँग एजेण्डागत रुपमा छलफल गरी मुलुकलाई स्थायी सरकार निर्माणको लागि प्रस्ताव अस्विकार्य गरेको कारण तत्काल एमाले र काँग्रेस बिच सत्ता सहकार्य संभावना नरहेको बताए ।

मुलुकमा २००७ सालदेखी हालसम्म अस्थिर राजनीतिको कारण मुलुकमा राष्ट्रियता कामजोर भएको, विदेशी शक्तीहरुको चलखेल बढेको, संस्थागत विकास हुन नसकेको, परराष्ट्र नीतिमा एकरुपता हुन नसकेको, दलिय एकता कायम हुन नदिएको, एमाले उपमहासचिव ज्ञवालीले बताए । २०७२ सालको नयाँ संविधानपछी पनि राजनीतिक दलहरु सत्ता लिप्साकै कारण मुलुकमा स्थायीत्व हुन नसकेको एमाले नेता ज्ञवालीले बताए । प्रचण्डको नेतृत्वमा बर्तमान सरकार गठन भएपछी प्रदेशमा मन्त्रालय घटाउने, शुसासन कायम गर्ने, अर्थतन्त्रका सुचकहरु सुधार गर्ने तर्फ काम शुरु भएको एमाले उपमहासचिव ज्ञवालीले बताए । एमाले हुँ भन्ने तर पाटीको निति नियम सिद्धान्त र अनुशासन नमान्ने व्यक्ति मात्र पार्टीबाट बाहिरिएकोले अहिले निर्वाचनबाट एमाले पाटी झन् बलियो शक्ति भएर उदाएको एमाले उप महासचिव ज्ञवालीले बताए । प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, सचिव नारायण न्यौपानेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update