Shittalpati
एचआइभी संक्रमण कम गर्न सचेतना आवश्यक

पाल्पा, एचआइभी संक्रमण कम गर्न सचेता आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् । तानसेनमा बिहीबार ३५ औं विश्व एड्स दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले एचआइभी संक्रमणको अवस्था बढ्दै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सचेतना आवश्यक रहेको बताएका हुन् । उनीहरुले संक्रमण दरलाई कम गर्न नागरिकस्तरमा सचेतना र परीक्षणको दरलाई बढाउनुुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा मिसन अस्पतालका प्रमुुख डा.रचेल कारकले एचआईभी संक्रमण दर न्यूनिकरण गर्ने मूख्य माध्यम भने जनचेतना रहेको बताईन् । संक्रमितलाई आत्मबल बढाउनु अहिलेको आवश्यकता रहेको भन्दै त्यसको लागि सचेता आवश्यक रहेको उनले औल्याइन् । पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले चेतनाको कमीले गर्दा सक्रमण बढेको बताए । उनले त्यसको नियन्त्रणको लागि जनचेतना जगाउनु पर्नेमा उनले जोड दिए । उनले भने,‘सक्रंमितको ठूलो औषधी भनेको आत्मबल हो । अहिले समाज रुपन्तरित भएकाले परीक्षणको दायरा फराकिलो गराउनुपर्ने छ ।’ कार्यक्रममा प्रतिवद्धता समूहका विष्णु न्यौपानेले पाल्पामा सक्रमितको तथ्याड्ढ प्रस्तुत गरेका थिए । नेपाल परीवार नियोजन संघका शाखा प्रवन्धक शोभाकान्त न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अबका दिनमा स्वास्थ्यका सबै कार्यक्रम एक साथ समाजमा लगिएको खण्डमा यसले थप प्रभावकारिता प्राप्त गर्ने बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले सचेतनाले मात्र यो रोग नियन्त्रण गर्न सकिने बताए । शाखाका सदस्य उमनाथ न्यौपानेले सबैको सहयोगले यस्ता सरुवा रोगहरु नियन्त्रण गर्न सकिने बताए । विश्व एड्स दिवसको अवसरमा सक्रंमित बालबालिकालाई शैक्षिक सहयोगका लागि सहयोग रकम र अन्य नागरिकहरुलाई सुरक्षित यौनसम्पर्क गर्नका लागि कण्डम वितरण गरिएको थियो । स्वास्थय कार्यालय, नेपाल परिवार नियोजन संघ, युनाइटेड मिसन अस्पताल, प्रतिवद्धता सहयोग समूह, नाडेक नेपाल, श्रीनगर युवा रेडक्रस सर्कलको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

नयाँ एचआइभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पुर्‍याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको पनि बताइएको छ । यस्तै नयाँ एचआइभी संक्रमितलाई उपचारका लागि रेफरको व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने, एचआइभी संक्रमितलाई प्राथमिकतामा राखी सिकिस्त संक्रमित र स्वस्थ संक्रमित केन्द्रीत उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन् । यस्तै एचआइभी संक्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउनका लागि सातवटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ । सन् १९८१ मा पहिलो पटक एचआइभी संक्रमित फेला परेका थिए । अहिले विश्वमा आठ करोड ४२ लाख मानिस एचआइभी संक्रमित रहेका छन् । अहिलेसम्म विश्वमा एड्सका कारणले चार करोड १० लाख मानिसको मृत्यु भएको तथ्याङ रहेको छ । सन् २०२१ को अन्त्यसम्म संसारमा तीन करोड ८४ लाख मानिस एचआइभी संक्रमित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update