Shittalpati
नेपालमा भेटिए कोरोनाका छैटौं संक्रमित

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस कोभिड–१९ को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए ।

ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्ने बारेमा भने मन्त्रालयले केही बताएको छैन । अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमूना परीक्षण गरिएको पनि डा. देवकोटाले जानकारी दिए । ४३ वटा काठमाडौंमा र १२ वटा धरानमा नमूना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाब लिएको पनि उनले जानकारी दिए । डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update