Shittalpati
आइसोलेसनमा भर्ना भएका पाल्पाका एक युवकको मृत्यु


पाल्पा, कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा भर्ना भएका पाल्पाका एक युवकको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको बुटवल स्थित निर्माण गरिएको कोरोना विशेष अस्थाई अस्पतालमा आईतबार दिउसो उपचारको क्रममा मृत्यु भएको हो । उनको के कारणले मृत्यु भएको त्यो भने खुल्न सकेको छैन । रुपन्देहीको सैनामैना नगरपालिका ७ मा श्रीमती र दुई छोरासहित डेरा गरी बस्दै आएका उनी चैत ६ गते मलेसियाबाट आएका थिए । उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो । उनको आज दिउसो १ बजे मृत्युभएको वडा अध्यक्ष कृष्ण थापाले जानकारी दिए । उनका आमा र दाजु गाउँमै बस्दै आएका छन् । स्वास फेर्न गाह्रो भएपछि परिवारले १३ गते अस्पताल लगेका थिए । उनको कोरोना संक्रमणको परीक्षणको लागि स्वाब संकलन गरेर काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update