Shittalpati
बालबालिकालाई खोप दिइँदै

पाल्पा, बालबालिकालाई दोस्रो चरणको कोभिड विरुद्धको खोप दिइन लागिएको छ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि दोस्रो चरणको खोपको पहिलो मात्रा भदौ ५ बाट दिन लागेको हो । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने जनाएको छ ।

दोस्रो चरणमा ५० जिल्लामा फाइजर खोप लगाइनेछ । पहिलो चरणको खोप असार ९ गतेबाट २७ जिल्लामा दिन थालिएको थियो । ती जिल्लामा असार ९ देखि १५ सम्म र दोस्रो मात्रा साउन २ गतेदेखि ८ सम्म लगाइएको थियो । पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update