Shittalpati
बुधबार तीन कोरोना संक्रमितको ज्यान गयो

पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेसनमा उपचार गराइरहेका तीन जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बुधबार ८ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६ सय १४ पीसीआर परीक्षणमा ४ सय ९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७ सय ५ जनाको नमुना परीक्षण गरिएको थियो । ६ हजार ३ सय नमुना परीक्षणमा मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो । २४ घण्टामा ४ सय १४ संक्रमित निको भएका छन् । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको छ ।

संक्रमित थपिँदै गएपनि हेलचेक्र्याइँ अत्याधिक बढेको पाइएको छ । यही अवस्थामा संक्रमण थपिँदै जाने हो भने अवस्था झन् भयावह हुने देखिन्छ । भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग र सरसफाई जस्ता कुरामा ध्यान दिनु कोरोना रोकथामको अचुक उपाय मानिएको भएपनि अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् । अहिले दैनिकजसो सभा सम्मेलन, कार्यक्रम, बैठक जारी नै छन् । संक्रमित संख्या बढ्दै जानुमा भीडभाडको प्रभावमात्रै नभएर स्वास्थ्यका मापदण्डहरुलाई उल्लङ्घन गर्ने क्रमको पनि उत्तिकै हात रहेको देखिन्छ । कोरोना संक्रमितहरु अहिले त्यति धेरै गम्भीर संकटबाट गुज्रन नपरे पनि लापर्बाही र हेलचेक्र्याइँ भने निकै बढ्दै गएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update