Shittalpati
संक्रमण बढ्दै, एकैदिन ८ सय ९५ जनामा कोरोना

पाल्पा, केही समययता स्थिर रहेको कोरोना संक्रमण दर विस्तारै बढ्दो क्रममा देखिएको छ । देशका अधिकांश स्थानमा अहिले दिनहुँ जसो कोरोना संक्रमितहरु संख्या बढ्दै गएको हो । सोमबार मात्र थप ८ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ९ सय ९ नमूना परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

न्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ६ सय ८५ र एन्टिजेनबाट २ हजार २ सय २४ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ६ सय ३२ र एन्टिजेनबाट २ सय ६३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने कास्कीमा २ सयभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, दार्चुला र बाजुरा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३ हजार १ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा ४ करोड ९४ लाख २५ हजार १ सय १३ मात्रा खोप लगाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update