Shittalpati
६ सय २० जनामा संक्रमण, एकको मृत्यु

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ५ हजार ८ सय ४६ नमूना परीक्षण गर्दा ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ६ सय ५१ र एन्टिजेनबाट ३ हजार १ सय ९५ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ४ सय ९६ र एन्टिजेनबाट १ सय २४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ पुगेको छ । आइतबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ सय ९७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९७ हजार ६२ पुगेको छ । निको हुनेको दर ९८ दशमलव ३ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ हजार ४ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । पछिल्लो समय देशभर नै कोरोना संक्रमितको दर बढ्दै गएको छ । संक्रमण दर बढ्दै गए पनि स्वास्थ्य सर्तकता भने अपनाइएको छैन । स्वास्थ्य मन्त्रालयले दैनिक संक्रमण दर उकालो लाग्दै गएकाले उच्च सावधानी अपनाउन सबैमा आग्रह गर्दै आए पनि त्यसको वेवास्ता गरिएको छ । मन्त्रालयले सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्न गराउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update