Shittalpati
१२ जना हैजाका विरामी भेटिए

पाल्पा, काठमाण्डौ उपत्यकामा हैजाका बिरामी भेटिउका छन् । स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टी भएको हो ।

डिल्लीबजार, बागबजार, कपन, थानकोट, बल्खु, नैकाप, सानेपाललगायत स्थानमा हैजा देखिएको महाशाखाले जनाएको छ । गत असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो । उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए । फरक–फरक ठाउँबाट हैजाका बिरामी भेटिएपछि उपत्यकामा हैजा फैलिएको हुनसक्ने आशङ्कामा बिरामीको खोजी, पानी परीक्षणलगायतका कामलाई तीव्रता दिइएको छ । महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ । हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा वशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन भनेको छ ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update