Shittalpati
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य स्वयं सेविकाहरुका लागि आधारभूत तालिम दिएको छ । पालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको लागि १० दिने आधारभूत तालिम दिएको हो । 

पालिकाको स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम दिइएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए । उनले स्वयं सेविकाहरुलाई कार्य मोबाइल सहित सिम उपलब्ध गराउने समेत बताए । सेवालाई थप छिटो छरितो र प्रभावकारी बनाउन मोवाईल सेट सहित सिम कार्ड दिने अध्यक्ष चिदीले बताए । पालिकाले स्वयं सेविकाहरुका परिवारका लागि स्वास्थ्य बिमा समेत गरिदिने उनले बताए । उनले भने ‘संघीय सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत गरी शतप्रतिशत रकममा उनीहरुको परिवारको बिमा गरिदिने योजना पालिकाको छ ।’ आफूहरू भर्खरै निर्वाचित भएर आएकाले बजेट नीति तथा कार्यक्रममा सक्दो प्रोत्साहन कार्यक्रम ल्याउने अध्यक्ष चिदीले बताए ।

गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले महिला स्वास्थ्य स्वयं सेविकाहरुहरुको कार्यको उच्च मूल्याङ्कन गर्दै गाउँपालिकाले प्रोत्साहन गर्ने बताइन् । सामाजिक विकास संयोजक तथा वडा न.१ वडा अध्यक्ष राजकुमार पन्थीले महिला स्वास्थ्य स्वयं सेविकाहरुले गर्दै आएको योगदान अनुसार सेवा सुविधा नभएको भन्दै अब गाउँपालिका प्रमुख,उपप्रमुख त्यसै क्षेत्रबाट आएकाले धेरै सहज हुने बताइन् । ४ का वडा अध्यक्ष शंकर दर्लामीले स्वास्थ्य स्वयं सेविकाहरुको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्नुका साथै गाउँपालिकाले प्रोत्साहन स्वरुप उनीहरुलाई तालिम लगायत अन्य सेवाहरु दिन आवश्यक रहेको बताए । स्वास्थ्य कार्यलयका पाल्पा प्रमुख डा. राजेन्द्र प्रशाद गिरिले तालिमले स्वास्थ्य स्वयं सेविकाहरुहरुको क्षमतामा अभिवृद्धि हुनुका साथै कार्य गर्न थप सहयोग पुग्ने बताए । तालिममा सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण तथा जुकाको औषधी,बालबालिकालाई भिटामिन खुवाउने, परिवार योजना ,पोषण खाना लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिममा माथागढी गाउँपालिका भित्रका १५ जना सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहभागिता रहेको गाउँपालिका स्वास्थ्य प्रमुख केशव जिसिले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update