Shittalpati
मंगलबार थपिए २८ जना कोरोना संक्रमित

पाल्पा, देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार २ हजार १ सय २० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३ सय ५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर १ सय७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ सय ७ जना होम आइसोलेसनमा रहेका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५ सय ९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार १ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update