Shittalpati
प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया

पाल्पा, जिल्लाको तानसेनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया भएको छ । आइपास नेपाल र एसएसइसिपिजीको आयोजनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सेवाको पैरवीका लागि जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया भएको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले जिल्लामा प्रजनन् स्वास्थ्य अवस्था र गर्भपतनका विषयमा जानकारी गराएका थिए । उनले प्रजनन् स्वास्थ्य र गर्भपतन अत्यन्त संवेदनशिल विषय भएकाले पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा आइपास नेपालका लुम्बिनी प्रदेश संयोजक जीवन देवकोटाले प्रजनन् स्वास्थ्य के हो ? प्रजनन् स्वास्थ्यका तत्वहरु, यौन तथा प्रजनन् स्वास्थ्यका अधिकार र महत्व, सुरक्षित गर्भपतनमा मानव अधिकारको दृष्टिकोण, सुरक्षित गर्भपतन र जनस्वास्थ्यका विषयमा प्रष्ट पारेका थिए । उनले यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित दीगो विकासका राष्ट्रिय लक्ष्यहरु, नेपालमा गर्भपतनले कानुनी मान्यता पाउनु अगाडिको स्थिति लगायतका विषयमा जानकारी गराएका थिए । संयोजक देवकोटाले पत्रकार देशको चौंथो अंग भएकाले संवेदनशिल जस्तो स्वास्थ्य क्षेत्रमा अलि बढी कलम चलाउन आग्रह गरे । उनले प्रजनन् स्वास्थ्य र गर्भपतनको अधिकारका विषयमा सबैलाई जानकारी होस् भन्ने उद्देश्यले पत्रकारहसँग अन्तरक्रिया गरिएको बताए । कार्यक्रममा जिल्लाका पत्रकारहरुले पाल्पा र लुम्बिनी प्रदेशमा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतनको अवस्थाका विषयमा कार्यक्रममा राखेको भए थप प्रभावकारी हुनेमा जोड दिएका थिए । उनीहरुले पाल्पा र प्रदेशको अवस्थालाई तथ्याड्ढको रुपमा प्रस्तुत गर्न सकेको भए समाचार बनाउन सहज हुने बताए । कार्यक्रममा सहभागी पत्रकारहरुले आइपासले सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी भएको भन्दै आगामी दिनमा थप नयाँ र रचनात्मक कार्यक्रम गर्न समेत आग्रह गरे । कार्यक्रम आइपास नेपालका कार्यक्रम अधिकृत आर्दश अधिकारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update