Shittalpati
स्थानीय तहमा कोरोना भाइरसको बारेमा जनचेतना अभियान

कृष्ण पोखरेल
पाल्पा । नेकपा पाल्पा प्रचार–प्रसार तथा मुद्रण विभागले जिल्लाका स्थानीय तहमा कोरोना भाइरसको बारेमा जनचेतना अभियान सञ्चालन गरेको छ । नेकपाका नेता कार्यकर्ताहरुले आ-आफ्नो क्षेत्रमा कोरोना सम्बन्धी जनचेतना जगाउन घरदैलो अभियान शुरु गरेका हुन् ।

नेकपा पाल्पा–प्रचार प्रसार विभागको आयोजनामा पाल्पाका १० वटै स्थानीय तहमा कोरोना सम्बन्धी जनचेतना अभियान शुरु गरिएको हो । कोरोना जनचेतना अभियानको शुरुवात गर्दै नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना आ–आफ्नो परिवार तथा समाजमा सक्रमण नहोस भन्नको लागि यो अभियान शुरु गरिएको बताए । यस्तो महामारीको रुपमा फैलेको भाइरसलाई सबै पक्षबाट जनचेतना फैलाउने सावधानी अपनाउने, जस्ता क्रियाकलाप गरेमा बच्न सकिने केन्द्रीय सदस्य गैरेले बताए ।

केन्द्रीय सदस्य गैरे सहितका नेता तथा कार्यकर्ताहरुले मंगलबार तानसेनको शित्तलपाटी, मखनटोल, सिल्खानटोल, नारायणस्थान, बडिज्ञानटोल र बसपार्क क्षेत्रमा घरदैलो गरी जनचेतना अभियान गरेका थिए । राजनीतिक पार्टी चुनावको समयमा मात्र नभई जनतालाई दुःख अफ्ठेरो परेको समयमा पनि साथ र सहयोग दिने अभियानका साथ नेकपा पाल्पाले जिल्लाको १० वटै स्थानीयतहमा स्थानीय तहका नेता कार्यकर्ता परिचालन गरी कोरोना भाइरसको बारेमा जनचेतना अभियान सञ्चालन गरेको पार्टीका प्रचार विभाग प्रमुख गुँराश आत्रेयले बताए ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update