Shittalpati
पाल्पामा मंगलबार ४७ जनामा संक्रमण पुष्टि

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

६ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामै संक्रमण देखिएको छ । जसमा रामपुर नगरपालिकाका २, तानसेन नगरपालिका, पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ६ सय ८१ जना महिला र ४ हजार ७४ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४१ जनामा संक्रमण देखिएको छ । ८७ जनामा परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण देखिएको हो ।

तानसेन नगरपालिकाका १८, रामपुर नगरपालिकाका ८, बगनासकाली गाउँपालिकाका ५, रम्भा गाउँपालिकाका ३, माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका २/२ र रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ६ सय ३८ पुगेको छ । जहाँ २ हजार ३ सय ८९ जना महिला र २ हजार २ सय ४९ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ जना संक्रमितले कोरोना जितेका छन् । माथागढीका २, तानसेन, रामपुर, बगनासकाली, पूर्वखोला, रम्भाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ५ सय ९२ पुगेको छ । जसमा ४ हजार ७ सय २९ महिला, ५ हजार ८ सय ६३ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ७३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ५ सय ४४ जनासक्रिय संक्रमित रहेका छन् । जस मध्ये ५ सय ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update