Shittalpati
पाल्पामा कोरोना संक्रमण तीव्र : सोमबार १ सय ६६ जनामा संक्रमण पुष्टि

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ६६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

७३ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका २९, बगनासकाली गाउँपालिकाका ५, रैनादेवी छहरा गाउँपालिकाका ४, रामपुर नगरपालिका, रिब्दीकोट गाउँपालिकाका ३/३ जना, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ६ सय ७९ जना महिला र ४ हजार ७० जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १ सय १९ जनामा संक्रमण देखिएको छ । २ सय ३८ जनामा परीक्षण गरिएकोमा १ सय १९ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका४९, बगनासकाली गाउँपालिकाका २१, रम्भा गाउँपालिकाका १२, रैनादेवी छहरा गाउँपालिका, रामपुर नगरपालिकाका ११/११, पूर्वखोला गाउँपालिकाका ८, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका ३/३ र तिनाउ गाउँपालिकाका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ५ सय ९७ पुगेको छ । जहाँ २ हजार ३ सय ६९ जना महिला र २ हजार २ सय २८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा २७ जना संक्रमितले कोरोना जितेका छन् । तानसेनका २३, रामपुरका २, बगनासकाली, रैनादेवी छहराका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ५ सय ८५ पुगेको छ । जसमा ४ हजार ७ सय २५ महिला, ५ हजार ८ सय ६० जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ७३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ५ सय ४ जनासक्रिय संक्रमित रहेका छन् । जस मध्ये ४ सय ९९ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update