Shittalpati
कर्मचारीमा कोरोना देखिएपछि गुल्मी प्रशासन कार्यालयको सेवा बन्द

गुल्मी, कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ । सोमबार सूचना जारी गर्दै कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण भएकाले अत्यावश्यक सेवा, सुरक्षा र बिपद व्यवस्थापन बाहेक अन्य सेवा अर्को सूचना नआउञ्जेल सम्मको लागि मंगलबारबाट बन्द गरिएको जनाइएको छ ।

यदि अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले पूर्व मिति माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरी आउनुपर्ने प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा कोरोना भाइरसको संक्रमण दिन प्रति दिन बढेको छ । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सोमबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update