Shittalpati
सेवा लिन आउनेलाई खोप कार्ड अनिवार्य

पाल्पा, सार्वजनिक सेवा प्राप्त गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कायालय पाल्पा र गुल्मीले कोरोना संक्रमण बढ्दै गएपछि सूचना जारी गर्दै जिल्लाभित्र सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको जनाएका छन् ।

सेवा लिन आउने सेवाग्राहीले माघ ९ गतेदेखि लागू हुने गरी खोप कार्ड अनिवार्य ल्याउनुपर्ने छ । खोप लगाएको कार्ड नभएको खण्डमा सेवासमेत नदिने प्रशासनले जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update