Shittalpati
तीन सय १५ नयाँ संक्रमित थपिए

पाल्पा,  पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका तीन सय १५ जनामा संक्रमण देखिएको हो ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८ सय १० परीक्षणमा ३ सय १५ जनामा पोजिटिभ देखिएको छ । ९ हजार ३ सय ८६ पिसिआर परीक्षण गर्दा २ सय ७२ र २ हजार ४ सय २४ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा संक्रमितको संख्या पीसीआरतर्फ ८ लाख २३ हजार १ सय २ र एन्टिजेनतर्फ ९ लाख ५६ हजार ६ सय ६२ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै २४ घण्टाको अवधिमा ३० सय ४ जना निको भएका छन् । २४ घण्टाको अधविमा २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संखया ११ हजार ५ सय ४५ पुगेको छ । यस्तै २४ घण्टामा १ लाख २७ हजार ७५३ जनाले कोभिड विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या भने ६ हजार ३ सय ५२ रहेको छ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update