Shittalpati
थप दुई सय पाँच जनामा कोरोना संक्रमण

पाल्पा, पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २ सय जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४ सय ३६ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १ सय ८४ पुगेको छ । यो सँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४१ पुगेको छ भने ८ लाख ४ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ७ जना रहेका छन् । जसमध्ये ६ हजार १ सय ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ सय ७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update