Shittalpati
पाल्पामा थपिए २३ नयाँ संक्रमित, १४ जना निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप २३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

७४ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका ९, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकाका २/२, रामपुर नगरपालिकाका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिकाका १/१ जना रहेका छन् । जसमा ११ जना महिला र ८ जना पुरुष रहेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३ सय १९ पुगेको छ । जसमा २ हजार ४ सय ७७ महिला र ३ हजार ८ सय ४२ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ८४ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ४ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका २, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ९ पुगेको छ । जहाँ २ हजार ८० जना महिला र १ हजार ९ सय २९ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमितले कोरोना जितेका छन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ८, बगनासकालीका ३, रामपुर, रैनादेवी छहरा, रम्भा, तिनाउका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ९ सय ३९ पुगेको छ । जसमा ५ हजार ५ सय ५८ महिला, ४ हजार ३ सय ८१ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ४८ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८२ जना महिला र १ सय ६५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय २३ जना होम आइसोलेसनमा रहेका छन् भने १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update