Shittalpati
पाल्पामा थपिए १५ नयाँ संक्रमित, ७ जना निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

२३ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका ३ जना महिला र १ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ९३ पुगेको छ । जसमा २ हजार ४ सय ६१ महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ सय २६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ११ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ५, रैनादेवी छहराका ३, माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका, १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ९ सय ९७ पुगेको छ । जहाँ २ हजार २७ जना महिला र १ हजार ९ सय २५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ४, रिब्दीकोट, पूर्वखोला, बगनासकाली, रिब्दीकोटका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ९ सय ७ पुगेको छ । जसमा ५ हजार ५ सय ४० महिला, ४ हजार ३ सय ६७ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ४६ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८२ जना महिला र १ सय ६४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ । जिल्लामा अहिलेसम्म १ सय ३७ जनासक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय २२ जना होम आइसोलेसनमा रहेका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update