Shittalpati
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १० जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा २ जना र एन्टिजेन परीक्षणमा ८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा २ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिका र तिनाउ गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । जसमा १ जना महिला र १ जना पुरुष रहेका छन् । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ३७ पुगेको छ । जसमा २ हजार ४ सय ३२ महिला र ३ हजार ८ सय ५ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । ९६ जनाको परीक्षण गरिएकोमा ८ जनामा संक्रमण देखिएको हो । जसमा रामपुर नगरपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिकाका १/१,बगनासकाली गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका २ जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ९ सय २४ पुगेको छ । जहाँ २ हजार ३१ जना महिला र १ हजार ८ सय ९३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा ६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जसमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन, बगनासकाली, तिनाउ, रिब्दीकोटका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ७ सय ५६ पुगेको छ । यहाँ अहिलेसम्म २ सय २५ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय ८० जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ६० जना होम आइसोलेसनमा रहेका छन् भने २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update