Shittalpati
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी

पाल्पा अस्पतालमा कोरोना महामारीका बीच ‘रिफर कार्ड’ लिनेहरुको भिड । सरकारले स्वास्थ्य बीमा गराएकाहरुलाई सरकारी स्वास्थ्य संस्थाको रिफर कार्ड अनिवार्य गराएकाले पाल्पा अस्पतालमा रिफर कार्ड लिनेहरुको अध्याधिक भिड लाग्ने गरेको छ । यहाँ बिरामी उपचार गर्न भन्दा पनि रिफर कार्डका लागि जमघट हुने गरेका छन् । जिल्ला अस्पताल बाहेक अन्यत्र उपचार गर्न जाने स्वास्थ्य बीमाका बिरामीहरु लाइन बसेर रिफर कार्ड लिन बाध्य छन् । रिफर कार्डको समय एक साताको लागि मात्र हुँदा बिरामीले पटक–पटक अस्पताल धाउनु पर्छ । नागरिकलाई सुलभ शुल्कमा स्वास्थ्य उपचार प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा समेत बिरामीले सास्ती भोग्नु परेको छ । सुरुमा स्वास्थ्य बीमाबाट स्वास्थ्य सेवा पाउन सहज भएपनि अहिले सास्ती भोग्नु परेको बिरामीका आफ्न्तहरुको गुनासो छ । तस्वीर: रामचन्द्र रायमाझी /एनजेडी

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update