Shittalpati
पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको

पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआर परीक्षणमा १२ जना र एन्टिजेन परीक्षणमा ५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ६५ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका ९, माथागढी गाउँपालिकाका १ र बगनासकाली गाउँपालिकाका २ जनामा संक्रमण देखिएको हो । जसमा ९ जना महिला र ३ जना पुरुष रहेका छन् । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ३५ पुगेको छ । जसमा २ हजार ४ सय ३१ महिला र ३ हजार ८ सय ४ जना पुरुष रहेका छन् ।


यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको छ । ३७ जनाको परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको हो । जसमा माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका,बगनासकाली गाउँपालिकाका १/१ जना र तानसेन नगरपालिकाका २ जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ९ सय ३६ पुगेको छ । जहाँ २ हजार २६ जना महिला र १ हजार ८ सय ९० जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा २१ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जसमा १० जना महिला र ११ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ९, माथागढीका १, रैनादेवी छहराका ४, बगनासकालीका ३ र तिनाउ,रिब्दीकोटका २/२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ७ सय ५० पुगेको छ । यहाँ अहिलेसम्म २ सय २५ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ६३ जना होम आइसोलेसनमा रहेका छन् भने १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update