Shittalpati
पाल्पा कोरोना अपडेट : सोमबार ५७ जना नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५७ जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआर परीक्षणमा १६ जना र एन्टिजेन परीक्षणमा ४१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ३१ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका २÷२, तिनाउ गाउँपालिकाका १ र तानसेन नगरपालिकाका ९ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ४३ पुगेको छ । जसमा २ हजार १ सय ६८ महिला र ३ हजार ५ सय ७५ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको छ । २ सय २३ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिका २४, रैनादेवी छहरा गाउँपालिकाका ३, बगनासकाली गाउँपालिकाका २, तिनाउ गाउँपालिकाका १, रिब्दीकोट गाउँपालिकाका ६, र तानसेन नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ६ सय ९६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७१ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ जना महिला र ३४ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका २४,माथागढीका २, रामपुरका २१, पूर्वखोलाका २, रैनादेवी छहराका ६, बगनासकालीका १२, तिनाउका १, रिब्दीकोटका २, निस्दीका १ र तानसेनका २४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ९ सय १७ पुगेको छ । यहाँ अहिलेसम्म १ सय २६ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । जिल्लामा ३ सय ५६ जना होम आइसोलेसनमा रहेका छन् भने ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update