Shittalpati
पाल्पा कोरोना अपडेट : शनिबार १३ जना नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ३ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पीसीआर परीक्षणमा २७ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका, तानसेन नगरपालिकाका ४/४, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१ र बगनासकाली गाउँपालिका ३ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको छ । जसमा २ हजार १ सय ५५ महिला र ३ हजार ५ सय ६९ जना पुरुष रहेका छन् । शनिबार एन्टिजेन परीक्षण भने शुन्य रहेको छ । जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ६ सय ४६ पुगेको छ । जसमा १ हजार ३ सय ४७ महिला र १ हजार २ सय ९९ पुरुष रहेका छन् ।

यस्तै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ८ सय १३ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १ सय २४ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । जसमा ३ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update