Shittalpati
पाल्पा कोरोना अपडेट :  सोमबार १ सय ९ जना संक्रमितले कोरोना जिते , ५४ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ९ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४९ जना महिला र ६० जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ५१, निस्दी गाउँपालिकाका ८, रिब्दीकोट, बगनासकाली गाउँपालिकाका ५/५, तिनाउ गाउँपालिकाका १०, रम्भा, पूर्वखोला गाउँपालिकाका ३/३, रामपुर नगरपालिकाका ७, रैनादेवी छहरा गाउँपालिका १६ र माथागढी गाउँपालिकाका १ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ७ सय ५७ पुगेको छ ।

५४ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २६ र एन्टिजेन परीक्षणमा २८ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ९३ जनाको परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको हो । जसमा १० जना महिला र १६ जना पुरुष रहेका छन् । तानसेनका ७,रामपुर, पूर्वखोलाका १/१, रैनादेवी छहराका ३, बगनासकालीका २ र तिनाउका ११ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ७५ पुगेको छ । जसमा १ हजार ८ सय ८८ महिला र ३ हजार २ सय ८७ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा रामपुरका ४, रम्भाका २२, रिब्दीकोटका २ जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ३ सय ८० पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ७ सय छ । अहिलेसम्म जिल्लामा ६ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update