Shittalpati
गुल्मीमा गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री सरकारी अस्पताललाई

गुल्मी, नेपाली काँग्रेस सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा गुल्मी पठाइएको स्वास्थ्य सुरक्षा समाग्री गुल्मी अस्पताललाई दिइएको छ । सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो ।

शुक्रबार अस्पतालमा दुई वटा अक्सिजन कन्सन्सट्रेटर्स जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डे र मेडिकल सुपरीटेण्डेन डा.उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन् । नेपाली काँग्रेसका जिल्ला सभापति श्रेष्ठले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै महामारी र विपत्तीमा काँग्रेस जनातको बीचमा छ भन्ने सन्देश प्रवाह भएको बताए । उनले यसअघि पनि जिल्ला अस्पताललाई ५० वटा अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेको, नेविसंघले अक्सिजन कन्सन्ट्रेटर्स उपलब्ध गराएको र केन्द्रीय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारीको पहलमा गुल्मीका ९३ वटै वडामा स्वास्थ्य सामग्री वितरण गरिएको उल्लेख गरे ।

सभापति श्रेष्ठले स्वास्थ्य सामग्रीका लागि पहल गर्ने पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र उपलब्ध गराउने नेपाल मेडिकल एसोसिएनलाई धन्यवाद समेत व्यक्त गरेका छन् । यो सहयोगले गरिब, दिनदुखीहरुले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सजिलो हुने उनले बताए । अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिनका लागि आफुहरु दत्तचित्त भएर लागि परेको सभापति श्रेष्ठको भनाई छ ।

अस्पतालका मेसु डा.उत्तम पच्याले कोभिड–१९ महामारीसंगैको विपत्तिमा पनि काँग्रेस रातदिन बिरामीको सेवामा तल्लिन रहेको भन्दै खेलैरै प्रशंसा गरे । काँग्रेस नेता थापाको पहलमा स्वास्थ्य सामग्री काठमाडौँ देखि लिएर नेविसंघ महामन्त्री युवराज पाण्डे, नेविसंघका पूर्व केन्द्रीय सदस्य गुरु भट्टराई, नेविसंघका नेता नारायण पाण्डे लगायतको टोली तम्घास आएको हो । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा काँग्रेसका जिल्ला उपसभापति बिष्णुप्रसाद बलाल, तरुण दलका जिल्ला सभापति भरत भलामी, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुर्दशन खनाल, नेविसंघका कार्यवाहक सभापति राम्जी पन्थी,उपसभापति तोमलाल पन्थी लगायत विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update