Shittalpati
एकीकृत ग्रामीण विकासले गर्‍यो स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

गुल्मी,एकीकृत ग्रामिण विकास समाज गुल्मीले सुआहारा (दोस्रो) कार्यक्रमको सहयोगमा गुल्मी अस्पताल, स्वास्थ्य कार्यालयका कर्मचारी र जिल्लाका स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्था र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको छ । समाजले महामारीको अग्रहभागमा काम गर्दै आएका स्वास्थ्यकर्मी र स्वयसेवीकाहरुका लागि मास्क, सेनिटाइजर तथा पिपिई सहयोग गरेको हो ।

समाजले पालिकामा रहेका ९ सय ९९ जना महिला स्वास्थ्य स्वंयम सेविकाहरुको लागि प्रति व्यक्ति ५० वटा माक्स र १०० एमएलको सेनिटाईजर र सबै स्वास्थ्य संस्थाहरुको लागि प्रति स्वास्थ्य संस्था ५० वटा माक्स र ५ सय एमएलको सेनिटाईजर र पिपिई सेट सहयोग गरेको सुआहारा कार्यक्रमका फिल्ड संयोजक राजेन्द्र बिश्वकर्माले बताए ।

यस्तै संस्थाले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि गुल्मी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि २ हजार पिस माक्स र ६ पिपिई सेट र स्वास्थ्य कार्यालयका कर्मचारीका लागि ६ सय पिस माक्स प्रदान गरिएको जानकारी संस्थाका अध्यक्ष हिरा एसीले जानकारी दिए । स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख लगायतलाई उक्त सुरक्षा सामग्री सहयोग गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष भगवती श्रीस र कार्यकारी निर्देशक कृष्ण विश्वकर्माको समेत उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update