Shittalpati
पाल्पा कोरोना अपडेट : विहीबार १ सय ३२ कोरोना संक्रमित डिस्चार्ज, ५१ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ३२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ३२जना संक्रमितले कोरोना जितेका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६६ जना महिला र ६६ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ६०, माथागढी गाउँपालिका १, रामपुर नगरपालिका १४, पूर्वखोला गाउँपालिकाका २, तिनाउ गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका २३, बगनासकाली गाउँपालिकाका २, निस्दी गाउँपालिकाका २६, जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ५ सय १७ पुगेको छ ।

५१ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ६५ जनाको परीक्षण गरिएकोमा २७ जनामा संक्रमण देखिएको छ । जसमा ११ जना महिला र १६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका १४,माथागढी, रम्भाका १/१, रैनादेवी छहरा, बगनासकाली,निस्दीका ३/३, रिब्दीकोटका २ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ९ पुगेको छ । जसमा १ हजार ८ सय ६१ महिला र ३ हजार २ सय ४८ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १५ जना महिला र ९ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका १, रामपुरका ९, बगनासकालीवका ६, तिनाउका २,तानसेनका ६ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार २ सय ९१ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ७ सय ८९ पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् भने ५४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update